सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको पछिल्लो कदम : अदूरदर्शिता र अस्थिरता उन्मुख उल्टो बाटो

आइतबार, १४ वैशाख २०७७, १५ : ४४
आइतबार, १४ वैशाख २०७७

यतिबेला विश्व (कोभिड १९) को महामारीले आक्रान्त छ। विश्वभरिनै भयानक रुप लिरहेको यो महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो छैन।आजका मितिसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ।  दिन प्रतिदिन यो भाइरसले आफ्नो आकार बढाउँदै गैरहेको छ। अहिलेसम्म जम्मा १६ जना मात्र निको भएर घर फर्किएको अवस्था छ। 

मुलुक यतिबेला पुर्ण लकडाउनमा छ। जनजीवन अत्यन्तै कस्टकर छ। भाइरसबाट संक्रमितहरु केन्द्रीय राजधानी र राजधानी बाहिरका विभिन्न अस्पतालहरुमा उपचाररत छन्। भाइरस संक्रमणको आशंका गरिएकाहरु क्वारेन्टाइनमा छन्। बाँकी सबै जना घरमा र घरबाहिर भएकाहरू कोठामा सुतिरहेका छन्  ।

महामारीका कारण घर भित्रै बस्न र जथाभाबी ननिस्किन सरकारको कडा उर्दी छ। देश एउटा सङ्कटको अवस्थाबाट गुज्रिरहेको अवस्था छ। कोभिड १९ भाईरसका कारण जनताले यो उकुसमुकुसको अवस्था झेलिरहँदा देशमा पछिल्लो समयमा छिरेको अध्यादेश नामको राजनैतिक भाइरसले कोरोना भाइरसलाई ओझेलमा पार्‍यो । 

देश महामारीले आक्रान्त भैरहेको र यस्का बिरुद्ध सबैजना एकजुट भएर लड्नुपर्ने अनि यसबाट पार पाउनुपर्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका २ अध्यादेशले सर्वत्र रूपमा आश्चर्य चकित बनाए । 

केही दिन पहिले गुपचुपको तयारी र अप्रत्याशित रुपमा साझपख अध्यादेश आए पनि पुर्व माओवादीको तत्कालीन अवस्थामा नेतृत्व गरेका र हाल नेकपाका दोस्रो दर्जाका अध्यक्ष अर्थात् जेटका प्लेनका एक पाइलटलाई सम्म यो कुरा थाहा नभएको उनी निकट नेताहरुको दाबी रह्यो। 

दोस्रो अध्यक्ष प्रचण्ड लाई थाहै नदिई यसो हुनुले नेकपा भित्र राम्रै हलचल मच्चियो भने पुर्वमाओवादी केही मन्त्रीहरुको दौडादौड चल्यो।नेकपा भित्र साँच्चिकै नेकपा छैन जे बाहिर देखाईएको छ त्यो उकुसमुकुसका बीचको लोकलाज मात्र हो भन्नेकुरा सहजै अनुमान लगाउन गाह्रो भएन। 

मन्त्रिपरिषदबाट पास भएको अध्यादेशको मसी सुक्न नपाउँदै  जारी हुनुले राष्ट्रपतिप्रति गम्भीर आशङ्का पैदा गर्यो। सम्भवत: अध्ययन नै नगरी उहाँबाट यसो हुनुले राष्ट्रपति पदको गरिमा,गौरव र निस्पक्षतामाथी
गम्भीर प्रश्न चिन्ह खडा गर्यो । राष्ट्रपति जस्तो सम्मानित पदमा आसिन व्यक्तित्वबाट यतिबिघ्न गलत नियत हुदैगर्दा यो भन्दा तल गिर्ने ठाउँ छ त ? भन्ने प्रश्नहरु सर्वत्र उठे । 

राष्ट्रपति सबैको साझा होकि नेकपा अनि नेकपा भित्रको पनि गुटको ? भन्दा केही फरक नपर्ने अवस्था रह्यो । तसर्थ उहाँको यो कदम संविधानको बर्खिलाप थियो ।

विधिको शासन माथिको प्रहार थियो। अध्यादेश जारी हुँदै गर्दा र हुँदा विरोधका स्वरहरु सर्वत्र रुपमा बुलन्द भए । कसैले यो कदमलाई बेमौसमी बाजा भनेत । कसैले नजाने गाउको बाटो भने, कसैले सम्पुर्ण परिवर्तनका उपलब्धि माथिको प्रहार भने । 

 यी सबै विचार विमर्श, क्रिया प्रतिक्रिया र घटनाक्रमको अध्ययन गर्दा वर्तमान प्रधानमन्त्री केपि शर्मा ओली  ज्युलाई मनको बाघले राम्रै सँग भित्रभित्र लखेटेको प्रष्ट हुन्छ। यसको एउटा मुल कारण लामो समयदेखि नेकपा भित्र गुन्जिरहेका अस्वस्थ अन्तर्विरोधका स्वरहरु हुनसक्छन्।

बाहिर देखाउदा र भनिदा नेकपा ठिक छ,स्वस्थ छ, भनिए पनि गणितीय रुपमा भएको एकताको यात्राले निकै सकस पारेको देखिन्छ। हुनत एकता लगत्तै उतिबेला हामी एउटा जेटका दुई पाईलट हौ भनेर दुबै अध्यक्षले बारम्बार भनेको कुरा स्मरण हुन्छ। 

र यो पनि स्मरण हुन्छकी हाम्रो एउटै लक्ष्य समृद्धि हो । मुलुक सदियौँदेखि राजनैतिक अस्थिरताको शिकार भयो। अरु कम्युनिस्ट साथिहरु पनि आउनुस लक्ष्य प्राप्तिका लागि सँग सँगै हिडौँ। नेपाली काँग्रेस लगायतका पार्टीहरुका दिन गए। हामी सबै एउटै कम्युनिस्ट केन्द्र बनाएर सबैलाई ठेगान लगाउ जस्ता उग्र क्रान्तिकारी र उच्च महत्वाकांक्षी स्वरहरु पनि नसुनियका होइनन्। 

तर मुलुक समृद्धिको बाटोतर्फ गैरहेको हुन्थ्यो भने देशले काचुली फेर्दैगरेको हुन्थ्यो भने यी सबै भनाइहरुले सार्थकता पाउथे होला तर बारम्बार देखिएको सत्तालिप्साको तानाबाना र
बारम्बार सुनिने उखान टुक्काले लअबेटिएका सिन्को नभाच्ने चिल्ला भाषणले समृद्धिको शिखरमा नपुगिँदो रैछ।

तसर्थ ती सबै मिथ्या साबित भएका छन्। सँग सँगैस्थानीय स्तरदेखि केन्द्र तहका दोस्रो दर्जाका प्रायः नेताहरुलाई यो एकता निल्नु न ओकल्नु भैरहेकोले पुर्व एमाले र पुर्व माओवादीका नेता कार्यकर्ताहरुमा भित्र भित्रै उकुसमुकुसको अबस्था थियोनै। 

त्यसमाथि केही महिना पहिले प्रचण्डले प्रधानमन्त्री पद आफुले पाउनुपर्ने भनेर कम्मर कसेको कुरा आम जनमानसमा सर्व जिदितै छ । अनेक प्रपञ्च गर्दा पनि प्रधानमन्त्री ओली को दाल नगलेपछी भित्रभित्रै बल्झिएको अस्वस्थ अभ्यासको राजनैतिक घाउ आलोपालो प्रधानमन्त्री चलाउने भने भएको सङ्गिन सम्झौताको कपि बाहिरिने सम्म पुग्यो।

यो घटनाक्रमले एकता देखि अहिलेसम्म नेकपा केन्द्रमा भित्रभित्रै झाङ्गिएकोको अन्तरबिरोध र शक्ति संघर्सको ज्वाला राम्रैसँग्र दन्किएको भनेर सजिलै अनुमान लगाउन सकियो । तथापि यो घटनाक्रमलाई यत्ती थाति राखौ । 

अब चर्चा गरौ भर्खरै तातिएको राजनैतिक बृत्तको कुरा, प्रधानमन्त्री ओलीले ल्याएको दुई अध्यादेशमा आफुलाई शक्तिको केन्द्रमा राखिराख्ने र आफ्नो गल्लिमा र विरुद्धमा कसैले बोल्यो भने ठेगान लगाइहाल्ने गैराजनैतिक मनोदशाबाट ग्रसित देखियो ।

पार्टी फोडेर हुन्छ कि ,अख्तियरको तरबार झुन्ड्याएर हुन्छ कि ,मध्यावधि चुनाव गराएर हुन्छ विरोधिलाई ठेगान लगाउने र जसरी हुन्छ सत्तामा टिकिराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अभिव्यक्ति र व्यबहार बाट प्रष्ट हुन्छ।

पार्टी र संसदीय दलमा ४० प्रतिशत भए दल बिभाजन गर्न सकिने पुरानो ब्यबस्थालाई हटाई ,दल वा पार्टी मध्य एकमा मात्र ४० प्रतिशत भए दल बिभाजन गर्न सकिने ब्यबस्था ओलिले जारी गर्न खोजेको अध्यादेशमा राखे ।

यसले शक्ति पृथकीकरण जस्तो दलहरुको साझा मुद्दामाथि धावा बोलेको मात्रै थिएन छुरा सम्म चलाएको थियो । यो कदमले फुटाउ र राज गर भन्ने गैरराजनीतिक र गैरलोकतान्त्रिक तानाशाह उन्मुख कुरुप राजनैतिक धन्दालाई पश्रय दियो । 

साथै,प्रधानमन्त्री ज्यूको अर्को कदमत झनै संविधानको बर्खिलापमा भयो। संवैधानिक परिसदमा भएको मौजुदा ब्यबस्थामाको संख्या लाई घटाई तीनजना भए बैठक बस्नसक्ने त्यो पनि प्रतिपक्षको अनिवार्य उपस्थितिलाई निसन्देह हटाएर ल्याउन खोजियो ।

संवैधानिक परिषदमा भएको यो हर्कदले मानी लिउ एका देशको कुनै छोटे राजालाई प्रतिबिम्बि गर्दैछ । तसर्थ उहाँले सम्झिनुपर्थ्यो राज्य सबैको साझा फुलबारी हो । यहाँ सबै किसिमका फुलहरु उम्रिन,फक्रिन र फुल्न पाउनुपर्छ ।जनताको अभिमत भिभिन्न कोणमा विभक्त हुन्छ। त्यसकारण सबैलाई समेटेर लैजानु सरकारको पहिलो कर्तव्य हुनुपर्छ । 

हिजो भन्नलाई भन्दिए जस्तो रेल चलाउछु, मोनोरेल ल्याउँछु, हावाबाट बिजुली चलाउछु,पानीजहाज हुँइक्याउँछु, सिलिन्डर घरघरमा बोक्नु पर्दैन घरघरमा ग्यासका पाईपहरु जोडिदिन्छु भन्नुभो हामी सबैले
सुन्दिएकै हो तर अब हिजो भन्दिए जसरी आज यो कुरा गर्दिएर हुनेवाला थिएन ।परिस्थिति फरक थियो। 

भोका नाङ्गा जनता जागेका भए जाने ठाउँ पनि कतै नपाइन सक्थ्यो । टेक्ने धरातल गुम्न सक्थ्यो।हिजो चन्द्रशम्शेरले कसैले राष्ट्रका बारेमा सोध्यो भने ए राष्ट्र त्यो त मै हु भनेझै मनै राष्ट्र मनै संविधान भन्ने प्रवृत्तिले कसैलाई कही पुराउँदैनथ्यो ।

आफू सत्तामा भएको बेला आफ्नो हात जगन्नाथ भनेझैत देखियो तर तपाइले लक्षित गर्दै फुटाउँछु भनेकै पर्सिपल्ट प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा सानेपास्थित काँग्रेस
मुख्यालयमा राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका बीच अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रीने चेतावनी सहित संयुक्त सहमति भयो । 

लोकतन्त्र दिवसको पुर्बसन्ध्यामा राजपा र समाजवादी पार्टीका बीच फुट्ने भन्दा पनि जुट्ने कार्य भयो ।त्यसकारण तपाईको यो कदम सर्वत्र प्रतिकुल थियो नै । आफ्ना बिरोधिहरुलाई ठेगान लगाउने हिटलर प्रवृत्ति भन्दा सङसङै लैजाने लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्नुपर्थ्यो । 

पैतलाबाट तप्पतप्प रगत चुहाउदै जनता भोकभोकै सयौ किलोमिटर हिड्न बिवस छन्। आफ्नो घर फर्किँदै छन्। घर फर्कदै गरेका जनताहरु बेसहारा झै कालो पत्रे सडकलाई ओछ्यान बनाएर ,आकाशलाई छानो बनाएर सडकमा सुतिरहेका छन्।

प्रधानमन्त्री ज्यूले ८० करोड राहात बाडेँ त भन्नुभो तर दुधे बच्चा एउटा हातमा र पोका पन्तराको भारी अर्को हातमा बोकेका इँट्टा भट्टाका मजदुर महिलाहरू राजधानीमा भोकभोकै मर्ने अवस्था भयो सरकारले न खान दियो न घर पठायो भन्दै बीचबाटोमा यतान उताको भएको कारुणिक सडक दृस्य हेर्नुहोला । तसर्थ प्रधानमन्त्री ज्यूले यो सङ्कटको विकराल अवस्थाबाट मुलुक र मुलुकका जनतालाई पार लगाउन छोडेर बेमौसमको बाजा बजाउनु सान्दर्भिक थिएन । 

तपाईको यो कदम रास्ट्रीय स्वाधिनता ,स्वतन्त्रता, सार्भभौमसत्ता र राष्ट्रिय अखण्डताको खिलापमा थियो। अन्ततः पार्टीभित्र र पार्टी बाहिरको सर्वत्र विरोधपछि सरकारले घुडा टेक्न बाध्य भएको छ। ३  दिन टिक्न नपाई मन्त्रिपरिषदले अध्यादेश फिर्ता लिने निर्णय गरेको केही समयपछि राष्ट्रपति ज्यूबाट दुबै अध्यादेश खारेज भएको छ। 

यो सुखद पक्ष हो । तर मुलुकको नेतृत्व गर्ने ब्यक्तित्वबाट यसो हुनुले प्रधानमन्त्री ज्युको नियत र दुरदर्शितामाथि गम्भीर प्रश्नत उठाएकै छ। मानिलिउ ठिकै छ तपाई आफ्नो कदम बाट पछि हट्नुहुन्नथ्यो होला, समयसीमा भन्दा केही समय अलिबढी शासन चलाउनुहुन्थ्यो होला, पदमा टिकी राख्नुहुन्थ्योहोला तर २४ जनालाई ठीक पार्नका लागि गरिएको राष्ट्रघाती हर्कतले तपाइलाई नै कुन कुनामा पुर्‍याउथ्यो हेक्का राख्न जरुरी छ। 

नपत्याए राजा महाराजाहरुको जनबिरोधी क्रुर बिगतलाई ठन्डा दिमागले एकपटक स्मरण गर्दा अतिसयुत्तिm नहोला। गल्ती गर्नु ठूलो कुरा होइन गल्ती स्वीकर्नु ठूलो कुरा हो तर एकपछि अर्को बारम्बार गल्ती दोहोर्याउनु नियत हो । अध्यादेशको सन्दर्भमा एउटा गल्ती भैसकेपछि हजुरको निर्देशनमा नेपाल प्रहरीका पुर्वआइजिपी सवेन्द्र खनाल, महेश बस्नेत लगायतका केही व्यक्तिहरुले अपहरणको शैलीमा सांसदमाथि गरेको व्यवहार निन्दनीय छ।

अध्यादेशत फिर्ता गराउनु भो चाडैनै बुद्धिको बिर्को खुल्यो ठीकै छ तर शृङ्खलाबद्ध रुपमा नियतबस भएको पछिल्लो गल्तिलाई कुन रुपमा लिने प्रधानमन्त्री ज्यू ? यो कुकर्ममा संलग्नहरुलाई सजाय हुने कि उन्मुक्ति ? कानुनी राज्यको उपहास भैरहेको छ प्रधानमन्त्री ज्यू यहाँ कुनै मजाक भैरहेको छैन।

कानुनी राज्यमा कसैलाई काखा र कसैलाई पाखा होइन अपराध गर्ने अपराधीहरु जतिनै ठूलो र शक्तिशाली किन नहुन कानुनको कठघरामा उभ्याइनुपर्छ। पछिल्लो घटनामा पनि जनताका आँखा त्यत्तिकै सोझिएका छन। राज्य सन्चालन गर्ने व्याक्ति लाचार मतिभ्रष्ट र धुर्त होइन प्रधानमन्त्री ज्यू लोककल्याणकारी हुनुपर्दर्छ ।

राहात बाड्दै हिडेका जो कोहि हुन थुन्न छोडेर स्याबासी दिनुस्। यसले तपाइको कद निचो हुँदैन उचोनै हुन्छ । अभिव्यक्ति स्वतन्त्रता हाम्रो मेरुदण्ड हो । नैसर्गिक अधिकार हो कहि कसैबाट अभिव्यक्त भएका तपाईको विरुद्धमा जस्तो लाग्ने कुराहरू तपाइँलाई नै सफल बनाउन अमृतरस हुनसक्छन त्यसलाई कुण्ठित गर्ने प्रयत्न नगर्नुस यस्ले हिजोका शासकहरुको झल्को दिन्छ । 

तसर्थ त्यसो नगर्नुस। यतिबेला जनताको दुस्खलाई आफ्नो दुःख ठान्ने बेला हो । राज्यका सबै निकायहरुलाई परिचालन गर्नुस। स्पष्ट लक्ष्यसहित कार्ययोजना बनाउनुस्। राष्ट्रिय एकता र मेलमिलापको वतावरण तयार गरि अघाडी बढ्नुस् । राष्ट्रर राष्ट्रका जनतालाई (करप्सन) भाइरस र कोरोना भाइरसबाट मुक्त गराउनुस् ।

अहिलेको सर्वोपरी आवश्यकता पनि यही हो। यही नै असल राजनेताको कर्तव्य हो। अर्जुन दृष्टि बदल्नुस् प्रधानमन्त्रीज्यू ? गलत समयमा गरेको गलत निर्णयले कहीँ पुगिँदैन। दुरदर्शिता भएन प्रधानमन्त्रीज्यू, फिटिक्कै भएन।

(हरि खनाल काँग्रेस निकट नेपाल विद्यार्थी संघका नेता हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरि खनाल
हरि खनाल
लेखकबाट थप