सरकारले तिर्यो २६ अर्ब ९७ करोड आन्तरिक ऋण
सरकारले बैशाख ८ गतेसम्म २६ अर्ब ९७ करोड रुपैयाँ आन्तरिक ऋण तिरेको छ । २४ अर्ब ५७ करोड ४८ लाख बराबरको ट्रेजरी बिल र २ अर्ब ४० करोड बराबरको आन्तरिक ऋणपत्र तिरेको हो ।
हालसम्म सरकारलाई ५ खर्ब १५ अर्ब ९९ करोड ७१ लख आन्तरिक ऋण रहेको छ ।
जसमा १ खर्ब ४७ अर्ब २१ करोड ८१ लख बराबरको ट्रेजरी बिल , ३ खर्ब ५९ अर्ब ९४ करोड ७० लाख बराबरको विकास ऋणपत्र, ८ अर्ब ३७ करोड ६२ लाख बराबरको नागरिक बचतपत्र तथा ४५ करोड ५८ लाख बराबरको वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा नेपाल सरकारले १ खर्ब ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा २०७७ बैशाख ८ गतेसम्म २५ अर्ब बराबरको ट्रेजरी बिल, ६५ अर्ब बराबरको विकास ऋणपत्र र ४२ लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र गरी कुल ९० अर्ब ४२ लाख २० हजार रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गरेको राष्ट्र बैंकले जनाएको छ ।