सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कुन राशिको भाग्यफलमा के लेखिएको छ ?

सोमबार, १५ वैशाख २०७७, ०६ : ०९
सोमबार, १५ वैशाख २०७७

वि.सं.२०७७ साल वैसाख १५ गते । सोमबार । ईश्वी सन् २०२० अप्रिल २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– चतुर्थी,१६ घडी २५ पला,मध्यान्ह १२ बजेर ०४ मिनेट उप्रान्त पंचमी । नक्षत्र– मृगशिरा,४१ घडी ४१ पला,बेलुकी १० बजेर १० मिनेट उप्रान्त आद्र्रा । योग– अतिगण्ड,४० घडी २७ पला,बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त सुकर्मा । करण– भद्रा,मध्यान्ह १२ बजेर ०४ मिनेट उप्रान्त बव,रातको १२ बजेर ०४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–वृष,बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त मिथुन । 

काठमाडौंमा सूर्योदय ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ४१ पला । राष्ट्रिय चिया दिवस । ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । साथिभाई सँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक कामहरु समयमा गर्न सकिने हुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ । स्वअध्ययनले पढाइ लेखाइमा सहयोग पुग्नेछ । सुन्दर तथा विलाशी  वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । तरपनि व्यापारमा घाटा हुने तथा खर्च बढ्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामगर्दा बिशेष शावधानी अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ । व्यापार व्यावसायमा मन्दी आउँनेछ । बिहानको समय राम्रो रहेको पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी विच विश्वासको वातावरण बढेर जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवार तथा आफन्तको साथ पाइने हुनाले कामगर्न सहयोग पुग्नेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने पैत्रिक सम्पतीको प्रयोग गरि कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विस्वास गरेकै हरुबाट धोका हुनेछ । तरपनि मनमा धार्मिक प्रविति जागृत हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाइने छ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाइने  योग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउँन सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । स्वअध्ययनले पढाइ लेखाईमा सहयोग गर्नेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अवसर प्राप्त भएपनि तर भनेजस्तो पारिश्रमिक पाइने छैन । बिद्यामा सफलता पाउँन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेममा अविस्वास बढेर जानेछ  । पेट सम्बन्धि समस्याले सताउँनेछ हुदा मानशिक तनाव बढ्नेछ ।
 
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा मन नजादा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग मनमुटाव बढ्नाले मन खिन्न हुनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेकोछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप