सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सोमबार चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

सोमबार, १५ वैशाख २०७७, ०८ : २१
सोमबार, १५ वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव परेको जनाएको छ । 

यसका साथै बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल देशको केही स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको जनाइएको छ । 

सोमबार दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

यसैगरी, राति  देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले सोमबार पश्चिमी भू–भागका अधिकांश स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग  र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप