सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्पेनमा मृतकको संख्या घट्यो, लकडाउन खुकुलो

सोमबार, १५ वैशाख २०७७, १५ : ०६
सोमबार, १५ वैशाख २०७७

कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित देशमध्येको एक स्पेनमा आइतबार एक महिनायता सबैभन्दा कमले ज्यान गुमाएका छन् । 

आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार २ सय ८८ जनाले ज्यान गुमाए, यो २० मार्चयताकै सबैभन्दा कम संख्या बीबीसीले जनाएको छ । 

यसअघि शनिबार ३ सय ७८ जनाले ज्यान गुमाएका थिए । मृतकको संख्या घटेसँगै आइतबार १४ वर्षमुनिका बालबालिकालाई ६ हप्तापछि पहिलोपटक घरबाट बाहिर निस्कन दिइयो । अहिलेका लागि दैनिक एक घण्टा उनीहरु घरबाट निस्कन पाउनेछन् ।

स्वास्थ मन्त्रालयका अनुसार कुल मृतकको संख्या अहिले २३ हजार १ सय ९० छ । यहाँ, २ लाख २६ हजारभन्दा बढी जनसंख्यामा कोरोनाको संक्रमण छ । 

स्पेनिस हेल्थ अलर्ट एन्ड इमर्जेन्सी कोअर्डिनेसन सेन्टरका निर्देशक फर्नान्डो सिमोनले भने, ‘लामो समयपछि पहिलोपटक हाम्रोमा एकैदिन ३ सयभन्दा कम व्यक्तिको मृत्यु भयो । यो सुनाउन पनि कठिन छ, तर यो यस्तो तथ्य हो जसले महामारीमा सकारात्म परिवर्तन भइरहेको स्पष्ट संकेत गर्छ ।’

यससँगै बालबालिकाका लागि लकडाउन खुुकुलो भएका छन् । देशका १४ वर्षमुनिका ६३ लाख बालबालिकाले अब बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्मको अवधिमा दैनिक एक घण्टा घरबाहिर निस्कन पाउनेछन्, तर उनीहरु एक किलोमिटरभन्दा टाढासम्म भने जान पाउने छैनन् । त्यस्तै उनीहरुले साइकल, स्केट र स्केटबोर्ड पनि चलाउन पाउनेछन् । लकडाउनका अन्य नियम कायमै छन् र स्कुलहरु पनि बन्द छन् । मेइको मध्यतिर सरकारले अझै लकडाउन खुकुलो गर्ने निति लिएको छ । 
मनोविद् तथा अभिभावकहरुले साना बालबालिकाका निम्ति कडाइ खुकुलो गर्नु स्वागतयोग्य रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप