सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरससँग निकै बहादुरीका साथ लडिरहेका छन् बालबालिका, तसर्थ स्कूल खोल्नुपर्छः ट्रम्प

बुधबार, १७ वैशाख २०७७, ०६ : ४४
बुधबार, १७ वैशाख २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बालबालिकाले कोरोनाभाइरससँग ‘निकै राम्रोसँग सामना’ गरिरहेको बताएका छन् ।

उनले भने, ‘हामीलाई थाहा भएको छ कि बालबालिकाले कोरोनाभाइरससँग निकै बहादुरीताका साथ लडिरहेका छन् त्यसकारण मलाई लाग्छ कि हामीले अब चाँडै नै विद्यालय खोल्नेबारे सोच्नुपर्छ ।’

अमेरिकामा वयस्क र वृद्धवृद्धाको तुलनामा बालबालिकामा कारोनाभाइरसको खासै त्यति असर देखिएका छैनन् । यद्यपि, केही संक्रमित बालबालिका अस्पताल भर्ना भएका छन् ।

यसै महिनाको सुरुवातमा ६ महिनाको एक नवजात शिशुको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप