सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पको दाबीः अमेरिकाले एकदिनमा गर्नेछ ५० लाखको परीक्षण

बुधबार, १७ वैशाख २०७७, १२ : ०१
बुधबार, १७ वैशाख २०७७

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या संसारकै धेरै हुनुमा दुई कारण बताइएको छ । एक त त्यहाँ जनसंख्या धेरै भएको बताइएको छ भने अर्को कारणमा त्यहाँ अत्यधिक मात्रामा परीक्षण गरिएको बताइएको छ ।

कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकामा पछिल्लो दुई महिनामा ५७ लाख परीक्षण गरिएको छ । यो आँकडा सुन्दा त धेरै लाग्छ तर साइन्सको अनलाइन प्रकाशन आवर वर्ल्ड इन डेटाका अनुसार अमेरिकामा प्रति हजार व्यक्तिमा १६.३ परीक्षण भएको छ जुन इटलीभन्दा कम हो । इटलीमा प्रति हजार व्यक्तिमाथि ३०.६ परीक्षण भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका चाँडै नै एक दिनमा पचास लाख परीक्षण गर्न सक्षम हुने बताइएको छ । उनले भने, ‘हामी चाँड नै त्यहाँ पुग्न लागेका छौं ।’

रिपोर्टका अनुसार अमेरिकामा हाल दुई लाख परीक्षण भइरहेको छ ।

अमेरिकामा कसको परीक्षण गरिएको छ र कसको छैन भनेर स्पष्ट जानकारी प्राप्त छैन । तर सिमित संख्यामा परीक्षण भइरहेको अर्थ यो हो कि अति आवश्यक भएका व्यक्तिहरुका लागि मात्रै परीक्षण गरिएको अनुमान गर्न सकिन्छ । यसमा अस्पतालमा भर्ना बिरामी, स्वास्थ्यकर्मी र जेल वा केयर होमजस्ता स्थानमा समूहमा बस्ने व्यक्ति समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप