कुवेतमा थप १० नेपाली कोरोना संक्रमित, संक्रमितको संख्या ६१ पुग्यो
बुधबार, १७ वैशाख २०७७, १८ : ४०
कुवेत । खाडी मुलुक कुवेतमा थप १० नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप १० जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१ पुगेको छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ३०० जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ३७ सय ४० पुगेको छ। थप २ सय १३ सहित १३ सय ८९ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।
संक्रमित २ हजार ३ सय २७ को सामान्य उपचार भैरहेको त्यसमध्य ६६ जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुवेतमा १ जनाले ज्यान गुमाएको छ।