सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा के भइरहेको छ ?

शुक्रबार, १९ वैशाख २०७७, ०७ : २३
शुक्रबार, १९ वैशाख २०७७

– अमेरिकामा हालसम्म ६३ हजार बढीको मृत्यु भइसकेको छ भने १० लाख ९५ हजार बढी संक्रमित भेटिएका छन् ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म यहाँ ६३ हजार ८ सय ५६ को मृत्यु भएको छ भने १० लाख ९५ हजार २३ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये १५ हजार २ सय २६ जनाको स्थिती चिन्ताजनक छ भने १ लाख ५२ हजार ३ सय २४ जना निको भएर घर फर्किसकेका छन् ।

– राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक दुरीको अनिवार्यतालाई अघि नबढाउने बताएका छन् । अमेरिकामा शुक्रबारदेखि सामाजिक दुरीको नियम समाप्त हुँदैछ ।

– लस एन्जिलिस अमेरिकाको पहिलो यस्तो राज्य बन्यो जहाँ सबैलाई कोरोना परीक्षणका लागि निःशुल्क सेवा प्रदान गरिएको छ । यो सेवा संक्रमणको लक्षण देखिएको वा नदेखिएको लागि पनि लागू हुनेछ ।

– अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकाले प्रतिबन्ध र लकडाउनलाई निकै चाँडो खुकुलो बनाएको भन्दै यसले नकारात्मक असर पर्नसक्ने भन्दै चेतावनी दिएका छन् । उनले करोडौं खोप अर्को वर्षसम्म बनेर तयार हुनसक्ने अनुमान पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप