सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘जनताले खानुपर्छ’ : दक्षिण अफ्रिकाले लकडाउन खुकुलो पार्दै

शुक्रबार, १९ वैशाख २०७७, १७ : ११
शुक्रबार, १९ वैशाख २०७७

खराब अवस्थामा रहेको अर्थतन्त्र कोरोनाको कारण लगाइएको लकडाउनको कारण थप धरमराउँदै गएपछि दक्षिण अफ्रिकामा लकडाउन खुकुलो बनाउन थालिएको छ ।

‘जनताले खानु पर्छ’ भन्दै त्यहाँकाे सरकारले विस्तारै लकडाउनको कडाइलाई कम गर्दै गएको छ । करिब पाँच हप्ताको लकडाउनपछि अब सरकारले केही उद्योगहरुलाई खोल्नका लागि अनुमति दिएको छ ।

दक्षिण अफ्रिकाले कोरोनाको संक्रमण फैलिन थालेपछि मार्च २७ बाट लकडाउन शुरु गरेको थियो ।

मे १ देखि दक्षिण अफ्रिकाले विस्तारै र चरणबद्ध रुपमा लकडाउनलाई खुकुलो पार्दै लैजाने योजना अघि सारेको छ । त्यसअनुसार छानिएका उद्योगहरुमा करिब १५ लाख कामदारहरु काममा फर्काउने तयारी गरिएको छ । त्यहाँका वाणिज्य तथा उद्योग मन्त्री इब्राहिम पटेलले जनाएअनुसार, त्यसरी छानिएका कामदाहरुहरुको स्वास्थ्य स्थितिको कडा ख्याल गरिनेछ ।

जाडो महिनाका लुगाहरु, कपडाहरु तथा प्याकेजिंगका सामानहरु उत्पनदन गर्ने उद्योगहरुलाई पहिलो चरणमा खोनिे भएको छ । त्यसै गरी घरमै डेलिभरी गर्ने गरी रेष्टुराँहरुलाई पनि खोल्न दिइने भएको छ ।  तर सिगरेट र अल्कोहलको विक्रीवितरणमाथि लगाइएको प्रतिबन्ध भने कायमै रहनेछ ।

लकडाउनलाई खुकुलो पार्ने क्रममै दैनिक तीन घण्टाका लागि साइकल चलाउने, हिँड्ने वा दौड्ने जस्ता बाह्य गतिविधिहरुलाई पनि अनुमति दिइनेछ ।

लकडाउन खुकुलो पारिए पनि सामाजिक दूरी कायम गर्न तथा मास्क लगाउन अनिवार्य गरिएको छ ।

सहकारी शासन मन्त्री नकोसाजाना डलारमिनी–जुमाले ‘लकडाउनका काइदाकानूनहरुको उल्लंघन गर्ने कम्पनीहरुलाई बन्द गरिने’ चेतावनी दिएका छन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाले अर्थतन्त्र र जनताको स्वास्थ्यको ख्याल गर्दै लकडाउन खुकुलो पार्ने नीति लिएका हुन् ।

‘हाम्रा जनताले खानुपर्छ । उनीहरुले बाँच्नका लागि कमाउनुपर्छ,’ रामाफोसाले भनेका छन्, ‘कम्पनीहरुले उत्पादन गर्न र व्यापार गर्न सक्नुपर्छ, उनीहरुले आर्थिक उत्पादन गर्नु र आफ्ना कर्मचारीहरुलाई रोजगारीमा राख्नुपर्छ ।’

कोरोनाभाइरसको महामारी फैलिनुपूर्व नै दक्षिण अफ्रिकाको अर्थतन्त्रले आर्थिक मन्दी र चर्को ऋणको मार झेलिरहेको थियो । त्यसबाट राहत दिनको लागि गत हप्ता मात्रै राष्ट्रपति रामाफोसाले २६.९ विलियन अमेरिकी डलरको राहत प्याकेजको घोषणा गरेका थिए । त्यो भनेको अमेरिकाको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत जति हो ।

अर्थमन्त्री टिटो एम्बोवेनीका अनुसार दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकबाट राहत सहयोग लिनेछ ।

अलजजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप