सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शनिबारको मौसम पूर्वानुमानः चट्याङ्ग र असिनासहित वर्षा

शनिबार, २० वैशाख २०७७, ०८ : ०७
शनिबार, २० वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पूर्वी  भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ भने नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको छ।

यसैगरी, हाल देशको मध्य र पूर्वी भू(भागमा पूर्ण बदली रहि पश्चिमी भू–भागमा आंशिक वदली रहेको छ। देशका पूर्वी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षा भइरहेको छ।

यस्तै, शनिबार दिउँसो देशको मध्य र पूर्वी भू–भागका साथै पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि अन्य भू–भागमा आंशिक बदली रहनेछ। 

देशका पहाडी भूभागका केहि  स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ।

राति, देशको पहाडी भू–भागमा सामान्य बदली तथा पूर्वी तराइ भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पूर्वी पहाडी भूभागका केहि  स्थानहरुमा र मध्य भू–भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप