सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हरेक वर्ष कोरोनाभाइरसले भन्दा फ्लुले बढी मान्छे मर्छन्, तर किन यो तुलना निष्पक्ष छैन ?

शनिबार, २० वैशाख २०७७, १६ : ५९
शनिबार, २० वैशाख २०७७

यतिबेला बन्दाबन्दीको बिरोध गर्नेहरुले एउटा मुख्य तर्क प्रस्तुत गर्छन् – ‘हरेक वर्ष फ्लु (इन्फ्लुएन्जा) ले कोरोनाभाइरसभन्दा बढी मान्छे मर्छन् । हामी किन यति साह्रो अत्तालिरहेका छौँ ? किन यसको लागि अर्थतन्त्रलाई नै बन्द गर्ने ? समाचार संस्थाहरुले कोरोनाभाइरसबारे बढी नै संवेदनशील भएर प्रतिक्रिया जनाइरहेको पनि उनीहरुको आरोप छ ।

तर, यो फ्लु र कोरोनाभाइरसको तुलना निष्पक्ष छैन । धेरै कारणहरु छन् जसले कोरोनाभाइरसलाई सामान्य फ्लुभन्दा खतरनाक बनाउँछ र यसका लागि थप सावधानी अपनाउनुपर्ने हुन्छ ।

कोरोनाभाइरस बढी संक्रामक छः

एउटा फ्लु लागेको मानिसले १.२८ अन्य व्यक्तिलाई यो रोग सार्न सक्छ । तर, नोभेल कोरोनाभाइरसबाट संक्रमित व्यक्तिले औसतमा २ देखि ३ जना व्यक्तिलाई यो रोग सार्न सक्छ ।

कोरोनाभाइरसको मृत्यु दर बढी छः

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २०१९ को अक्टोबरदेखि अप्रिल २०२० को सुरुवातसम्ममा अमेरिकामा फ्लुले औसतमा दैनिक ३३१ जना मानिसको ज्यान लिएको थियो । यता, फेब्रुअरी ६ देखि अप्रिल ३० सम्म कोरोनाभाइरसले औसतमा दैनिक ७३९ जना जनाको ज्यान लिएको छ ।

लक्षणबिना नै कोरानाभाइरस फैलिन सक्छ

फ्लु लागेका व्यक्तिमा संक्रमण भएको एकदेखि चार दिनमा लक्षण देखिन थाल्छ । धेरैमा यो दुई दिनमा नै देखिने सीडीसीको भनाई छ । जसले गर्दा मानिस चाँडै नै बिरामी भएर घरमा बस्न थाल्छन् । कोरोनाभाइरसको संक्रमणमा भने औसतमा ४ देखि ५ दिन वा १४ दिनपछि मात्र लक्षण देखिन थाल्छ ।

फ्लुको खोप छ, कोरोनाभाइरसको छैन

फ्लुबाट बच्ने खोप छ भने यसबाट बच्न औषधी पनि उपलब्ध छ । तर, कोरोनाभाइरसको अहिलेसम्म खोप पत्ता लागेको छैन । यसको खोप बन्न अझै महिनौ लाग्ने अनुमान गरिएको छ ।

स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप