प्रम ओलीको अर्को कविता : बन्छ नमूना नेपाल
शनिबार, २० वैशाख २०७७, १७ : ५६
स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास ।
खेर जान्नन् नदीनाला
बाँझा हुन्न् खेत
नाङ्गा हुन्न् डाँडापाखा
यो उर्वर सुन्दर देश ।
चट्टान काटी सुरुङ खोली
बन्छन् नयाँ बाटा
सुशासन र विकासको
चल्छन् अभियान साझा ।
बालबालिका विद्यालय
सफल अस्पताल
सबलाई सामाजिक सुरक्षा
बन्छ नमूना नेपाल ।
२ मे २०३०
२० वैशाख २०७७
यो पनि..