मुहार फेरिएको काठमाडौँ (फोटोफिचर)
सोमबार, २२ वैशाख २०७७, २० : १६
काठमाडौँ सहर भन्ने बित्तिकै सबैको दिमागमा धुलो, धुँवा र प्रदूषणले भरिएको सहर भन्ने चित्र कोरिन्थ्यो । तर, जबदेखि कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि देशभर लकडाउन लागू गरिएको छ, काठमाडौँ उपत्यकाको मुहार नै परिवर्तन भएको छ । धुलो र धुँवा र भरिने काठमाडौँको आकाश आजभोलि निलो देखिन्छ । तुवाँलो पनि हराएको छ । अझ पानी परेपछि जब आकाशमा घाम चम्किन्छ, यसको सुन्दर अझै खुलेर आउँछ । हेरौँ केही तस्विरहरुः