सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको संक्रमणबाट बेलायतमा अर्का एक जना पूर्व गोर्खाको मृत्यु

मङ्गलबार, २३ वैशाख २०७७, ०६ : ३०
मङ्गलबार, २३ वैशाख २०७७

लण्डन – कोरोना भाइरस (कोभिड १९) को  संक्रमणबाट बेलायतमा ७५ वर्षीय पूर्व गोर्खा नारायण कोन्मे गुरुङको मृत्यु भएको छ । 

ननिटनको ‘जर्ज इलिएट अस्पताल’ मा उपचारकै क्रममा मृत्यु भएको हो । 

अन्य कुनै किसिमको रोग नभएका गुरुङलाई श्वासप्रश्वासको समस्या देखिएपछि अप्रिल २६ का दिन अस्पताल भर्ना गरिएको थियो । 

गुरुङलाई कोरोनाको पुष्टि भएको जानकारी अस्पतालले दिएको थियो ।  पर्वत जिल्लाको थाना, मौला स्थायी घर भएका स्वर्गीय गुरुङका श्रीमती दुई छोरा र एक छोरी बेलायतमा नै बस्दै आएका छन् । 

सामाजिक सेवामा समेत रुची राख्ने गुरुङ बेलायतका विभिन्न संघसंस्थामा आबद्ध रहँदै आएका थिए । 

गैरआवासीय नेपाली संघ यूकेद्वारा संचालित कोभिड– १९ को राहत कोषको लागि सदस्यको समेत भूमिका निर्वाह गर्दै आएका थिए । 

एनआरएनए यूके, तमुधिं यूके जस्ता संस्थामा सल्लाहकार रहेका उनी चारभञ्ज्याङ तमु समाज यूकेका संस्थापक र वर्तमान संरक्षक हुन् । 

चारभञ्ज्याङ तमु समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहेका गुरुङ बेलायतस्थित कोने (घोताने÷घोण्डे) समाज यूकेका संस्थापक वरिष्ठ सल्लाहकार थिए । 

बेलायतमा कोरोनाको संक्रमणबाट चार दर्जनभन्दा बढी गैर आवासीय नेपालीहरुको मृत्यु भइसकेको छ । जसमध्ये तीन दर्जनभन्दा बढी पूर्व गोर्खा सैनिकहरु रहेका छन् । बेलायतमा मात्र हालसम्म कोरोनाको संक्रमणबाट २८ हजार ७ सय ३४ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप