सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाः अमेरिकाले तीन ट्रिलियन डलरको ऋण लिने

मङ्गलबार, २३ वैशाख २०७७, ०६ : ५६
मङ्गलबार, २३ वैशाख २०७७

कोरोनाभाइरसका कारण राहत प्याकेज र अन्य खर्चका लागि अमेरिकाले आर्थिक वर्षको दोस्रो त्रैमासिकमा तीन ट्रिलियन डलर ऋण लिनुपर्ने स्थिती पैदा भएको बताएको छ ।

सन् २००८ को आर्थिक संकटको समयमा एक त्रैमासिकमा अमेरिकाले जति ऋण लिएको थियो अहिलेको रकम त्योभन्दा पाँच गुणा बढी छ ।

सरकारले यसको मञ्जुरी दिइसकेको छ । यी पैसा स्वास्थ्य सेवा, राहत प्याकेज र मानिसहरुलाई सिधै पैसा पठाउनका लागि प्रयोग गरिने बताइएको छ ।

अब अमेरिकामा कूल २५ ट्रिलियन डलरको ऋण लागेको छ ।

कोरोना महामारीसँग जुध्नका लागि दिइने आर्थिक प्याकेज अमेरिकी अर्थव्यवस्थाको करिब १४ प्रतिशत हो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप