सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्डमा लगातार दोस्रो दिन नयाँ संक्रमित भेटिएनन्, कोरियामा ७७ दिन यताकै न्यून

मङ्गलबार, २३ वैशाख २०७७, १० : २०
मङ्गलबार, २३ वैशाख २०७७

लागतार दोस्रो दिन न्युजिल्याण्डमा नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको प्रधानमन्त्री जसिन्डा आर्डेनले बताएकी छिन् । हालसम्म देशमा १ हजार १३७ जना संक्रमित फेला परेका छन् भने २० जनाले ज्यान गुमाएका छन् ।

उता, दक्षिण कोरियामा पनि ७७ दिन यताकै न्यून संक्रमित फेला परेको छ । सोमबार बाहिरबाट आएका ३ जनामा मात्र कोरोनाभाइरसको संक्रमण देखिएको कोरिया सेन्टर्स फर डिजज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ ।

गत फेब्रुअरी १८ यता देशमा सबैभन्दा कम नयाँ कोरोनाभाइरस संक्रमित फेला परेको यो पहिलो पटक हो । सो दिन कोरियामा १ जना कोरोनाभाइरस संक्रमति फेला परेका थिए भने भोलिपल्ट २० जना थपिएका थिए ।

हालसम्म कोरियामा १० हजार ८०४ जना संक्रमित फेला परेका छन् भने यसबाट ज्यान गुमाउनेको संख्या २५४ पुगेको छ । हालसम्म ९ हजार २८३ जना निको भएर घर फर्किएका छन् । 

उता, जापानमा पछिल्लो २४ घण्टामा १७४ जना नयाँ संक्रमित थपिएका छन् भने ११ जनाले ज्यान गुमाएका छन् ।

देशमा हालसम्म १५ हजार ९४३ जना संक्रमित फेला परेका छन् भने ५३४ जनाले ज्यान गुमाएका छन् ।

स्रोतः सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप