मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

क्यास्परस्की ल्याबको नयाँ संस्करण सार्वजनिक

आइतबार, १८ भदौ २०७४, १८ : ०४
आइतबार, १८ भदौ २०७४

काठमाडौं – रसियन कम्पनी क्यास्परस्की ल्याबको नेपालका लागि आधिकारिक विक्रेता सागर टेक्नोलिङ्कले नेपाली बजारमा क्यास्परस्की एण्टीभाइरस सफ्टवेयरको नयाँ संस्करण सार्वजनिक गरेको छ । 


डेस्कटप, ल्यापटप, म्याक कम्प्युटर, एन्ड्रोइड स्मार्टफोन, आइफोन, आइप्याडमा पनि प्रयोग हुने क्यास्परस्की एण्टीभाइरसको नयाँ २०१८ संस्करण ‘क्यास्परस्की इन्टरनेट सेक्युरिटी, क्यास्परस्की एण्टीभाइरस, क्यास्परस्की टोटल सेक्युरिटी’ सार्वजनिक भएको हो । 
इन्टरनेट सुविधामा निर्भर हुँदै गएको जीवनशैलीसँगै बढ्दै गएको खतरालाई ध्यानमा राख्दै कम्पनीले अत्यावश्यक डिजिटल सुरक्षाका लागि थप सुविधा सहितको क्यास्पस्कीको यो नयाँ एण्टीभाइरस सार्वजनिक गरेको जनाएको छ ।


कम्पनीले सार्वजनिक विक्रि सुरु गरेको अवसरमा दशैं अवधीभर उपभोक्तालाई ३ डिभाइस एण्टीभाइरसको सपोर्ट सहित एक हजार ७ सय ५० रुपैयाँ मुल्य कायम गरि सपोर्ट वाहेक ८ सय ५० रुपैयाँ तथा एक हजार एमआरपी मुल्य रहेको एक डिभाइसको सपोर्ट वाहेक ५ सय रुपैयाँ बजार मुल्य तोकेको जनाएको छ । यसैगरि, इन्टरनेट सेक्युरिटी र टोटल सेक्युरिटी प्रडक्टमा ५० प्रतिशत छुटको व्यवस्था पनि कम्पनीले गरेको छ । 


एक देखि ३ डिभाइस प्याकमा उपलब्ध गरिएको नयाँ प्रोडक्ट धेरै संख्यामा एकै पटक खरिद गर्दा स्कूल, कलेज, विद्यार्थी, कर्पोेरेट, सरकारी कार्यालय, मिडिया, एनजीओ, आइएनजीओका कर्मचारीलाई थप छुटको व्यवस्था गरेको आधिकारिक विक्रेता सागर टेक्नोलिङकले जनाएको छ ।

यो प्रोडक्ट बलियो डटकम, इसेवा डटकम डट एनपी, खल्ती डटकम, मुन्चा डटकम, डराज डटकम डट एनपी लगायतका अनलाइन स्टोहरुमा पनि सिधै खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप