सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित २ युवक मुम्बईबाट लुक्दै नेपाल छिरेका थिए

बिहीबार, २५ वैशाख २०७७, २२ : २४
बिहीबार, २५ वैशाख २०७७

बुटवल । प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि त्रास बढेको छ । बिहीबार कपिलवस्तुमा २ जना कोरोना संक्रमित बिरामी भेटिएपछि प्रदेशमा थप त्रास बढेको हो । योसहित प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ ।

यसअघि बाँकेमा २३ जना र रुपन्देहीमा १ जना कोरोना संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कपिलबस्तुमा २ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ । ५ नम्बर प्रदेशका १२ जिल्लामध्य  तराईका ३  जिल्लामा सक्रमित बिरामी भेटिएका छन् । बिहीबार कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका २ युवकको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । 

उनीहरु मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण  भएको थियो । उनीहरु भारतको मुम्बईबाट एक साताअघि लुकीछिपी जिल्ला आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

उनीहरुलाई स्थानीयवासीले समातेर क्वरेन्टाइनमा राखेका थिए । उनीहरु दुवैको पिसीआर रिपोर्ट कारोना पोजेटिभ देखिएको पौडेलले बताए । संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था अहिले सामान्य रहेको छ भने उनीहरुलाई बुटवलको आइसोलेसन अस्पतालमा ल्याउने तयारी भइरहको पनि प्रजिअ पौडेलले जानकारी दिए। दुई संक्रमित भेटिएपछि शुक्रबार बिहानैदेखि कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिने प्रदेश ५ का स्वास्थ्य निर्देशक डा.विनोद गिरीले जानकारी दिए ।



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप