सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा चार किसिमका वायुको प्रभाव, आज पनि वर्षा

शुक्रबार, २६ वैशाख २०७७, ०८ : २८
शुक्रबार, २६ वैशाख २०७७

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नेपालमा चार प्रकारका वायुको प्रभाव रहेको जनाएको छ । 

पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्युन चापीय क्षेत्र  तथा  बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । 

महाशाखाका अनुसार हालको मौसमको अवस्था पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार शुक्रबार दिउँसो  देशको पूर्वी भू–भागमा सामान्य बदली, बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पूर्वी भू–भागका थोरै स्थानहरूमा  साथै मध्य र पश्चिमका एक/दुई  स्थानमा मेघगर्जन,चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति  देशको पूर्वी भु–भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू–भागमा आंशिक बदली भई बाँकि भू–भागमा  सामान्यतया सफा रहनेछ। 

पूर्वी भू–भागका एक दुइ  स्थानमा  मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित   वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप