सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सकी सहयोगी कोरोना संक्रमित

शनिबार, २७ वैशाख २०७७, ०७ : ०५
शनिबार, २७ वैशाख २०७७

अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सकी एक शीर्ष सहयोगीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसको अघिल्लो दिनमात्रै ह्वाइट हाउसका एक सदस्यको पनि परीक्षण पेजेटिभ आएको थियो ।

माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर कोरोनाभाइरसद्वारा संक्रमित भएकी हुन् । शुक्रबार यसबारे जानकारी दिइएको हो ।

बिहिबार मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक सहयोगी कोरोनाभाइरसद्वारा संक्रमित थिए ।

ह्वाइट हाउसले अब दैनिक रुपमा माइक पेन्स र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कोरोना परीक्षण गर्न सुरु गरेको छ ।

ह्वाइट हाउसले राष्ट्रपतिलाई सुरक्षित राख्नका लागि आवश्यक सावधानी पालना गरेको दाबी गरेको छ ।

अमेरिकामा मृतकको संख्या ७६ हजार पार भएको छ । अर्कोतर्फ अमेरिकाका विभिन्न राज्य क्रमशः खुल्ला हुन थालेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप