सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ शनिबारको मौसम पूर्वानुमान

शनिबार, २७ वैशाख २०७७, ०८ : १२
शनिबार, २७ वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी  भू–भाग नजिक बनेको न्युन चापीय क्षेत्र  तथा  बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ।

यसैगरी, हाल देशको पहाडी  भू–भाग आंशिक बदली रही बाँकी भु(भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

यस्तै, महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य  बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली  रहनेछ। देशका पहाडी भू–भागका केही  स्थानहरुमा र तराईका एक दुई स्थानमा  मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित   वर्षाको सम्भावना रहेको छ।

शनिबार राति भने देशका पहाडी भू–भागमा सामान्य  बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली  रहनेछ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू–भागका एक दुई  स्थानमा  मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप