स्ट्रबेरी किन्न खेतमै, हेर्नुहोस् तस्विरहरु
शनिबार, २७ वैशाख २०७७, ०९ : ०४
काठमाडौँ । कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण नेपालको अर्थतन्त्र अस्तव्यस्त बनेको छ । लकडाउन ४७ औँ दिनमा प्रवेश गर्दैगर्दा यतिबेला कृषि क्षेत्रले यसको ठूलो मार ब्यहोर्नुपरिरहेको छ ।
गत वर्षसम्म व्यवसायिकरुपमा स्ट्रबेरी खेती गर्ने किसानहरुले सिजनमा राम्रो आम्दानी गर्ने गरेका थिए । तर, लकडाउनका कारण अहिले स्ट्रबेरी बारीमा नै कुहिने अवस्था आएको छ । ललितपुरको लेलेमा स्ट्रबेरीको खेती गर्ने किसानहरु यतिबेला ठूलो संकटमा छन् ।
तर, केही स्ट्रबेरीका पारखीहरु भने खेतमा नै स्ट्रबेरी किन्न पुग्छन् । उनीहरुलाई २ सय रुपैयाँ किलोसम्म स्ट्रेबरी बेच्ने गरिएको छ ।
हेरौँ तस्विरहरु :