सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

आइतबार, २८ वैशाख २०७७, ०८ : ३०
आइतबार, २८ वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा  बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको जनाएको छ । 

यसैगरी, अहिले देशका पश्चिमी भु–भागहरुमा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको  र बाँकी भु–भागमा सामान्यतया सफा रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । 
 
त्यस्तै, महाशाखाले आइतबार दिउँसो   देशको पश्चिमी भु–भाग लगायत मध्य र पूर्वका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली  रहने जनाएको छ । 

यस्तै, पश्चिमी भू–भागका केही  स्थानहरुमा साथै  मध्य र पुर्वका एक दुई स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ।

राति भने देशको पश्चिमी भु–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पश्चिमि भु–भागका थोरै स्थानहरु लगायत मध्य र  पूर्वका  १/२ स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी   सहितवर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप