सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाः कोरोना टास्क फोर्सका दुई ठूला अधिकारी क्वारेन्टाइनमा

आइतबार, २८ वैशाख २०७७, ०९ : ४२
आइतबार, २८ वैशाख २०७७

कोभिड–१९ द्वारा संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण अमेरिकाका कोरोनाभाइरस टास्क फोर्सका दुई ठूला अधिकारीले आफूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छन् ।

यसमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक डाक्टर रोबर्ट रेडफिल्ड र फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन विभागका कमिश्नर स्टिफन हेन छन् ।

संक्रामक रोगको रोकथामका लागि जिम्मेवार अधिकारी एन्थोनी फाउचीले पनि सावधानीको रुपमा आफू केही दिन घरबाटै काम गर्ने बताएका छन् ।

पछिल्लो दुई हप्तामा ह्वाइट हाउसका दुई अधिकारी कोरोनाभाइरसद्वारा संक्रमित पाइएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप