बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फ्रन्टलाइनरलाई समर्पित गर्दै किष्ट अस्पतालले जारी गर्यो यस्तो सन्देश

आइतबार, २८ वैशाख २०७७, १५ : २१
आइतबार, २८ वैशाख २०७७

ललितपुर– विश्व कोरोना भाइरस अर्थात कोभिड—१९को कहरमा आक्रान्त भएको बेला किष्ट शिक्षण अस्पतालले अग्रपंतीका योद्घाहरुको कदर स्वरुप एउटा भिडियो प्रसारणमा ल्याएको छ ।

सिमित श्रोत र साधनकै भरमा भएपनि डाक्टर, नर्स, सुरक्षाकर्मी र पत्रकारहरु यस्तो संवेदनशील अवस्थामा अग्रपंतीमा खटिएका छन् । अग्रपंतीका योद्घाहरुको कदरस्वरुप एउटा भिडियो प्रसारणमा ल्याएको अस्पतालले जनाएको छ ।

करिब ६ मिनेटको भिडियोमा विभिन्न क्षेत्रका बिशेषज्ञहरुबाट सबैले आ–आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरिएको छ । सबैको हौसला, धैर्यता र सहयोग भएमा यस रोगबाट सजिलै बाहिर आउन सकिन्छ भन्ने धारणा भिडियेमार्फत दर्साउन खोजिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप