चीनको शुलानमा बढे कोरोना संक्रमित, लकडाउन लागू
सोमबार, २९ वैशाख २०७७, १० : २२
चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै लकडाउन लागू गरिएको छ ।
सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् ।
४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।
शहरका सबै सार्वजनिक स्थान बन्द गरिएको छ र मानिसहरुलाई घरमा नै बस्न अपिल गरिएको छ । यसबाहेक सार्वजनिक यातायातमासमेत रोक लगाइएको छ ।
स्रोतः बीबीसी