महोत्तरीमा हत्या गरेर फालिएको अवस्थामा एक जनाको शव फेला
सोमबार, २९ वैशाख २०७७, ११ : ३२
बर्दिवास – महोत्तरीमा हत्या गरेर फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।
आइतबार बिहान आफन्तको घर गएका गौशाला नगरपालिका–४ बिर्ताका ४५ वर्षीय दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।
शव सोही दिन साँझ फेला परेको र ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।
हत्याराले टाउकोमा काठको चिरपट प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भईरहेको बताइएको छ ।