राजधानीमा जलाइयो प्रधानमन्त्री ओलीको पुत्ला, हेरौँ तस्विर
सोमबार, २९ वैशाख २०७७, १३ : ४४
काठमाडौँ । नेपाली भूमि लिपुलेकमा सीमा अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेपछि यतिबेला नेपालमा उक्त कदमको विरोध भइरहेको छ । कोरोनाभाइरसका महामारीका बीच लागू गरिएको लकडाउनका बावदुद अहिले दैनिक रुपमा राजधानीका सडकमा विरोध–प्रदर्शन भइरहेका छन् ।
सोमबार सीमा रक्षा अभियान नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । काठमाडौँको बबरमल क्षेत्रमा जम्मा भएका प्रदर्शनकारीले भारत विरोधी नारा लगाउनका साथै सरकारको आलोचना गरेको थियो । प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
आइतबार मात्र कलंकीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको थियो ।
यो पनि