न्यूजिल्याण्डमा भेटिएनन् नयाँ संक्रमित
मङ्गलबार, ३० वैशाख २०७७, १२ : २३
न्यूजिल्याण्डमा सोमबार कोरोनाभाइरसका कोही पनि नयाँ संक्रमित भेटिएनन् ।
त्यहाँ कूल १४ सय ९७ संक्रमित भेटिएका छन् र यीमध्ये १५ प्रतिशत निको भइसकेका छन् ।
न्यूजिल्याण्डमा कोरोनाका कारण २१ जनाको ज्यान गएको छ र यो आँकडामा वृद्धि भएको छैन ।
त्यहाँ दुई जना अस्पतालमा छन् भने कोही पनि बिरामी आइसीयूमा छैनन् ।
प्रधानमन्त्री जसिन्डा आर्डर्नले लकडाउनमा दिइएको राहत बढाउने निर्णय गरेकी छिन् ।
यस्तै, किराना पसल, सिनेमा घर, खेल मैदान र जिम खोलिँदैछन् ।
यद्यपि, सामाजिक दुरीको नियम पहिले झैं लागू हुनेछन् । १८ मे देखि सामान्य रुपमा विद्यालय खोलिनेछन् जबकी २१ मे पछि बार खोलिने योजना छ ।
स्रोतः बीबीसी