सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाका शीर्ष स्वास्थ्य सल्लाहकारले लकडाउन खोल्न हतार गरेकोमा दिए चेतावनी

बुधबार, ३१ वैशाख २०७७, ०६ : ५३
बुधबार, ३१ वैशाख २०७७

अमेरिकाका शीर्ष स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फाउचीले लकडाउन खोल्न हतार गरेको भन्दै यसले कोरोनाले थप मानिसहरुलाई संक्रमित बनाउन सक्ने चेतावनी दिएका छन् । उनले अमेरिकामा हालसम्म आधिकारिका आँकडामा बताइएभन्दा थुप्रैको मृत्यु भएको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन् । आधिकारिक आँकडाका अनुसार अमेरिकामा हालसम्म ८२ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

 – संक्रमणको हिसाबले रुस संसारको तेस्रो प्रभावित देश बनेको छ  । रुसमा कोरोना संक्रमित बिरामीको संख्या २ लाख ३२ हजार बढी पुगेको छ । लगातार १० दिनदेखि रुसमा हरेक दिन कोरोनाका १० हजारभन्दा बढी नयाँ बिरामी भेटिएका छन् । रुस अब ब्रिटेनलाई पछि पार्दै संक्रमणको हिसाबले तेस्रो स्थानमा त पुगेको छ तर यहाँ हालसम्म २१ सय १६ जनाको मृत्यु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्तामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । यद्यपि, मंगलबारदेखि रुसमा कारखाना र निर्माण स्थलमा काम गर्ने अनुमती दिइएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप