सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गतिविधि खुकुलो पार्नु घातक हुने अमेरिकी विज्ञको चेतावनी

हतारोले संक्रमणका स–साना झिल्काहरु पैदा गरिदिनेछन्, जुन ठूलो महामारीमा परिणत हुन सक्नेछन् : डा‍. एन्थोनी फाउची
बुधबार, ३१ वैशाख २०७७, १२ : ३९
बुधबार, ३१ वैशाख २०७७

विश्वले मानेका, अमेरिका सबैभन्दा शीर्षस्थ मानिने संक्रमणविद् डा. एन्थोनी फाउचीले कोरोनाभाइरसको महामारी अझै फैलिइरहेको बेला हतारिएर शहर तथा राज्यहरुमा आर्थिक गतिविधि खुकुलो पारिएमा त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएका छन् ।

‘अहिले मानिसहरुको जमघट बढ्न थालेपछि कोभिड–१९ का थप संक्रमणहरु निश्ति जस्तै भएको छ’ आज मंगलबार सिनेटको स्वास्थ्य, शिक्षा, श्रम र पेन्सनसम्बन्धी कमिटीमा बोल्दै उनले भनेका छन्, ‘संक्रमणलाई रोक्नका लागि समुदायहरु कतिको तयार छन् भन्ने कुराले त्यो कति खराब ढंगले फैलिन्छ भन्ने कुरा निर्धारित गर्नेछ ।’

‘यो कुरामा कुनै शंका छैन, जतिसुकै राम्रो परिस्थितिमा पनि तपाईंले नियन्त्रणका उपायहरुबाट पछि हट्नहुन्छ भने केही केसहरु देखापरिहाल्नेछन्,’ उनले भनेका छन् ।

‘निर्धारित निर्देशिकाहरुकाहरुको पालना नगरिकन खोल्नका लागि हतारो गरिन्छ भने मेरो चिन्ता र चासो के छ भने त्यसले संक्रमणका स–साना झिल्काहरु पैदा गरिदिनेछन्, जुन ठूलो महामारीमा परिणत हुन सक्नेछन्,’ उनले भनेका छन्, ‘त्यसले ल्याउने परिणम निश्चितै रुपमा अति गम्भीर हुनेछन् ।’

उनले भनेका छन्, खोल्नका लागि हतारो गरिँदा ‘त्यसले घडीलाई उल्टो फर्काउनेछ’ र त्यसले पन्छाउन सकिने मृत्यु र पीडाहरुलाई निमत्याउने मात्रै हैन, अर्थतन्त्रलाई पटरीमा ल्याउने प्रयत्नहरुलाई पनि पछाडि धकेल्नेछ ।’

 

अलजजिराबाट । Title Photo: https://ewscripps.brightspotcdn.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप