तस्विरमा हेर्नुहोस् प्रहरीले फेला पारेको ४४ करोडको सुन (फोटोफिचर)
सोमबार, १९ भदौ २०७४, १२ : २९
काठमाडौं । काठमाडौं प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । केरुङबाट काठमाडौँ ल्याइएको सुन बरामद भएको हो ।
बरामद भएको सुन अहिलेसम्मकै सबैभन्दा बढी हो । यसको मूल्य औसतमा ४४ करोड रुपैयाँ पर्न आउँछ ।
क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।
प्रहरीले गाडीमा सुन भएको सूचना हिजो नै पाएको र रातभर रेक्कीपछि विहान बरामद गरेको जनाएको छ ।
मनोज अधिकारी नामका ड्राईभर पनि पक्राउ परेका छन् । टाटाको स्ट्रोङ नामक गाडीमा सुन भेटिएको हो ।