सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ढोका थुनेर बस्दा काठमाडौंमा ‘झ्यालबाट छिर्‍यो’ कोरोना

बिहीबार, ०१ जेठ २०७७, ०७ : १९
बिहीबार, ०१ जेठ २०७७

मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो । 

उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर यो घटनाले काठमाडौं उपत्यकाबाहिर समूदायमै संक्रमण फैलिएको हुनसक्ने आधारलाई बलियो बनाइदिएको छ । 

आजको कान्तिपुर दैनिक लेख्छ–पछिल्ला संक्रमितको यात्रा विवरणले संक्रमित क्षेत्रबाट राजधानी प्रवेश गरेका व्यक्तिहरुको परीक्षण र उनीहरुको सम्पर्कमा आएकालाई कन्ट्याक्ट ट्रेसिङ व्यापक गर्नुपर्ने देखिएको छ ।
 
लकडाउनको ५२ दिन आइपुग्दा हामी चैत १० गतेभन्दा पनि गम्भीर र जटिल मोडमा आइपुगेको समाचारमा उल्लेख छ । 

जनस्वास्थ्यविद् दिनेश न्यौपाने भन्छन्–‘हामीले बाहिरबाट संक्रमण भित्रन्छ भनेर ढोका थुन्न खोज्दाखोज्दै झ्यालबाट प्रवेश गरिसकेको पत्तो पाएनौं । उनले सीमा बन्द गर्दा चोरबाटो हुँदै प्रवेश गर्नेको संख्या बढेको सुनिएको भन्दै यसले थप जोखिम बढाउने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप