सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार नाघ्यो

बिहीबार, ०१ जेठ २०७७, १२ : ३३
बिहीबार, ०१ जेठ २०७७

एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ ।  गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा बुधबार एक दिनमा १३४ को मृत्यु भएको र यसपछि  प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ५४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २६ हजार २३५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४९ हजार २१९ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् 

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २५ हजार ९२२ नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार २६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने तमिलनाडू ९ हजार २२७ संक्रमति रहेका छन् । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार नाघेको छ  । 

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि  तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । 

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप