बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लकडाउन र संक्रमण बढिरहेको अवस्थामा के गर्ने ? यस्तो छ, विज्ञहरुको सुझाव र प्रतिकृया

बिहीबार, ०१ जेठ २०७७, १४ : ३७
बिहीबार, ०१ जेठ २०७७

नोबेल कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लकडाउन अवधि पनि थपिँदै गरेको अवस्थामा अव कासरी अगाडी बढ्न सकिन्छ भन्ने बारे चिकित्सकहरु छलफलमा जुटेका छन् ।

डिजिटल संवाद नामक एक अनलाइन छलफल कार्यक्रममा विभिन्न डाक्टर, सरोकारवाला व्यक्ती हरुले सरकारलाई विभिन्न सुझावहरु दिएका छन । यसैगरी हामी सबै कसरी सचेत र सुरक्षित रहने भन्नेबारेमा विज्ञहरुको सुझाव र प्रतिकृया यस्तो छ । 

सबैले आ–आफ्नो जिम्मेवारी पालना गरौंः डा. रमेश महर्जन, इमर्जेन्सी विभाग, त्रीवी शिक्षण अस्पताल  

नेपालमा एकजनामा देखिएको संक्रमण फैलन समय लाग्यो । नेपालगञ्जमा एक जनाबाट २२ जनामा फैलिएको उदाहरण नै छ । अब बढ्दै बढ्दै जादा अहिलेको अवस्थामा आइसकेको छ । यसकारण हामीले नाका बन्द गर्नुृपर्ने र आवतजावतलाई पुर्णरुपमा नियन्त्रण गर्नुपर्ने अवस्था हो । यसर्थ हामीले संक्रमितलाई पहिल्याएर टेष्टको दायरा बढाउनुपर्दछ । अहिले लकडाउन खोलिहाल्ने अवस्था भएको छैन, यसलाई विभिन्न पक्षबाट मुल्यांकन गर्दै खुकुलो बनाउनेतर्फ सोच्नुपर्दछ । 

हामीले नियन्त्रणको लागि विभिन्न कोभिड सर्भिलेन्स एपहरुको पनि प्रयोग गर्न सक्छौ । प्रविधिको सहि प्रयोग आवश्यक र महत्वपुर्ण छ । कोरोना नियन्त्रणमा हरेक नागरिकको जिम्मेवारीपूर्ण भुमिका त्यतिकै आवश्यक छ । आ आफ्नो ठाँउबाट हामीले योगदान गर्नुपर्दछ । व्यक्ती  व्यक्ती बाट समुदाय सुरक्षित हुनसक्छ । हाम्रो समाजहरु सुरक्षित, सचेत र जिम्मेवारी भए राष्ट्र सुरक्षित हुन्छ ।  सबैले सचेत भएर भुमिका निर्वाह गरौ । 

सबै मिलेर कोरोनालाई लकडाउन गरौं: डा. उदय कोइराला, सिनियर कन्सलटेन्ट सर्जन, मोडल अस्पताल

अहिले सबैले लर्निङ गर्दै जाने अवस्था हो । हामीले लकडाउन कहिले खुल्छ भन्नेतर्फ बढि ध्यान दिएका छौ । तर हामीले अहिले भाइरसलाई लकडाउन गर्न सक्नुपर्दछ । भाइरस लकडाउन गर्न सक्यौ भने देश पनि लकडाउन गर्नुपर्दैन, इकोनोमी पनि लकडाउन हुदैन । अब भाइरसलाई कसरी लकडाउन गर्ने भन्नेतर्फ हामीले सोच्नुपर्दछ । यसको लागि फिजिकल डिस्टान्स कायम राख्ने, परिक्षण गर्ने र आवश्यक सुरक्षामा ध्यान दिनु नै हो ।

हामीले यसबारे सचेत भएर हामीले आफुलाई बचाउँदै, अरुलाई पनि बचाउनुपर्ने अहिलेको सामाजिक दायित्व हो । यसको भ्याक्सिन बजारमा उपलब्ध नभएसम्म यो अवस्था कहिलेसम्म जानसक्छ भन्न सकिने अवस्था छैन । जेष्ठ नागरिक र विरामीहरुको लागि हामीले थप सुरक्षा अपनाउनु पर्दछ । भारइस छिर्न नदिने र यसलाई नै लकडाउन नै गर्नुपर्ने सचेत हुनुपर्दछ । हामीले अब आफ्नो जिवनशैली परिवर्तन गर्नुपर्दछ । कम्यूनिकेशन एकदमै महहत्वपुर्ण छ अहिले । सरकारको महत्वपुर्ण जिम्मेवारी छदैछ, परिक्षण, उपचार र नियन्त्रणमा योजनावद्ध काम गर्नुपर्दछ ।  

लाखौं संख्यामा ट्रेसिङ र परिक्षण गरौं: डा. अनुप सुवेदी, सरुवा रोग विशेषज्ञ   

अहिले परिक्षण सिमित क्षेत्र र व्यक्ती मा मात्र भइरहेको छ । यसले कोरोना नियन्त्रण गर्न सकिँदैन । परिक्षण व्यापक रुपमा अघि बढाउनुपर्दछ । विदेशबाट नेपाल आएका व्यक्ती हरुको ट्रेसिङ गर्दै सबै क्षेत्रमा यसको दायरा बढाउन आवश्यक छ । विशेषगरी भारतबाट नेपाल आएका हजारौ व्यक्ती  र सम्पर्कमा रहेकाहरुको केहि दिनमा परिक्षण गर्नसकेमात्र नियन्त्रण सजिलो हुन्छ । यतिकै छोड्यौ भने विस्तारै नेपालको जनसंख्याको तीन चौथाई प्रभावित हुनसक्छन । 

निश्चित क्षेत्रहरुमा कोरोना समुदायमा फैलिसकेको अवस्था छ । मुख्यरुपमा हामीसँग आंकडा नै छैन र यसकारण लकडाउन खोल्ने कि नखोल्ने भन्न सकिने स्थिती नै हुदैन । राष्ट्रव्यापी रुपमा आव्हवान गरेर सरकारले परिक्षणको लागि बोलाउनु पर्यो र यसको लागि फेसिलेट गरिदिनुपर्छ ।

कन्ट्राक्ट ट्रेसिङ ढिलो र अव्यवस्थित भइरहेको छ । यसकारण एकजनाबाट धेरैमा सरिसकेको हुन्छ । संक्रमित बढेको थाहा पाउने संयन्त्र र सिस्टम बनाउनुपर्दछ । कन्ट्राक्ट ट्रेसिङ गर्ने व्यक्ती हरु थोरैमात्र परिचालित छन । यसलाई कन्ट्राक्ट ट्रेसिङ तत्काल बढाएर काम सुरु गर्नुपर्दछ । लाखौंलाई क्वारेन्टिइन र आइसोलेशनमा राख्न सक्ने गरी तयार हुनुपर्दछ जस्तो लाग्छ । देशभित्र आउनेहरुको डिजिटल डाइरेक्टरी र एपहरुको पनि व्यापक प्रयोग गर्नुपर्दछ । हामी स्लो भइरहेका छौ । अब ढिला नगरौं । 

संक्रमित क्षेत्रलाई सिल गरेर टेष्टको दायरा बढाऔं: प्रा.डा. सुनिल कुमार जोशी, प्रमुख, कम्युनिटी मेडिसिन, केएमसी 

कोरोना अहिले पनि धेरै वैज्ञानिकहरुले नै बुझ्न सकेका छैनन् । यसमा अनुसन्धान र खोपको परिक्षणमै छ । यसको प्रकार र फैलावट बारे अझै प्रस्ट हुन सकिरहेको छैन । नेपालको परिप्रेक्षमा हेर्दा कोरोना नियन्त्रणमा लागिरहेको उच्च स्तरिय समितीले पनि अझ प्रभावकारी काम गर्न नसकेको जस्तो लाग्छ । अब नेपालमा फैलावट बढ्ने निश्चित देखिएको छ । 

अब लकडाउन खोल्यो भने यसको संक्रमण अझ व्यापक बढ्छ । स्वास्थ संस्थाको थप तयारी र स्वास्थकर्मीलाई मनोवल बढाउदै देशैभरी इमर्जेन्सी सेवामा काम गर्नुपर्दछ । आइसोलेसनमा बसेकाको पनि टेष्ट नभएको समाचारहर आइरहेको छ । यसर्थ अब हेलचेक्राइ नगरौ । स्वाब टेष्टलाई सबैतिर बढाउँ । आवश्यक स्वास्थ सामग्री तयार गरी सबै प्रदेश र स्थानिय निकायलाई पनि सबल बनाउँदै परिचारित गरौं । तराई क्षेत्रलाई सिल गरेर टेष्टको दायरा बढाउन आग्रह गर्दछु । 

डिजिटल डेटा म्यानेजमेन्टमा ध्यान दिऔं: डा. सुवास प्याकुरेल, सिइयो, हेल्थ कन्सर्न

हामीसँग विभिन्न आंकडाहरु आइरहेको छ । स्थानिय निकायले अहिलेको लागि प्रभावकारी काम गर्नसक्छ । आफ्नो क्षेत्रका बासिन्दा र नयाँ आएका व्यक्ती हरुको सम्पर्क गर्न स्थानिय निकायलाई परिचालन गर्नुपर्दछ । डेटा, डिजिटल म्यानेजमेन्ट र लोकलाइज्ड म्यानेजमेन्ट अफ पेन्डामिकको बारेमा ध्यान दिएर काम गर्यौ भने समस्या बढ्न पाउँदैन । स्थानिय निकायले सर्भिलेन्सको सिस्टम प्रयोग गरी ट्रेसिङ गर्दै डाक्टरहरुको कन्सलटेसनमा काम गर्यौ भने यसलाई नियन्त्रणमा ल्याउन सक्छौँ ।

जसरी अहिले धेरै नगरपालिकाले सर्भिलेन्स तथा क्वारेन्टाइन सिस्टमहरु प्रयोग गर्न थालेका छन, यसलाई प्रभावकारी प्रयोग गरी टेस्टिङ, आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्नसक्यौ भने हामी नियन्त्रणतर्फ अघि बढ्न सक्छौ । लकडाउन एकदिन त खोल्नैपर्छ, यसको लागि प्रविधिको सहि प्रयोग गरी तयारी गरौ । यही अवस्थामा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र विस्तार गरौ । 

डिजिटल हेल्थ र टेलिमेडिसिनलाई प्रवद्धन गरौं:डा. अनिल झा, एमडी, एपआरसिपी नेपाल 

हामी अहिले अदृश्य शत्रुसँग लडाई गरिरहेका छौं । यसकारण पनि हामी त्रसित भएका छौं । विभिन्न निकाय र क्षेत्रबाट काम भइरहेको छ । हामीले आफ्नो क्षेत्रबाट सहयोग गरौं । यो महामारीले हामिले डिजिटल हेल्थ र टेलिमेडिसिनको महत्व दर्शाएको छ ।

अहिले घरबाट नै धेरै किसिमका मेडिकल सेवाहरु पनि दिन सक्छौं । प्रविधि मार्फत दुरदराजम्म सेवा दिन पनि प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । लकडाउन खुलेपनि अनलाइन सर्भिस तथा कन्सल्टिङ सेवाहरुलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सकिन्छ । सचेतना बढाउदै अनलाइन सर्भिस तथा डिजिटल हेल्थलाई प्रवद्धन गर्नसके धेरैलाई राहत मिल्नेछ । 

सेल्फ प्रोटेक्सनमा ध्यान दिऔं: रश्मी महर्जन, कोभिड सर्भिलेन्स सिस्टम

हामीले यो समय व्यक्ती गत सरसफाई, साबुन पानीले हात धुने, माक्स र सेनिटाइजरको प्रयोग गर्ने कुरा महत्वपुर्ण हो । हामीले विभिन्न एप्लिकेशन तथा प्रविधिको सहि तरिकाले प्रयोग गर्न सक्यौं भने पनि नियन्त्रणको लागि सघाउ पुग्नेछ । व्यक्तिगत व्यवहार, खाना, सरसफाईले गर्दा धेरै हदसम्म हामिलाई सुरक्षित गर्दछ । सेल्फ प्रोटेक्सन पहिले सोचौं, त्यसपछि परिवार र समुदायलाई सुरक्षित राख्न सहयोग गरौं । 

नकरात्मक सोचबाट टाढा रहौं: पदमराज जोशी, मनोविज्ञ 

हामीलाई रोगसँग लड्ने क्षमता चाहिन्छ । यसको लागि नकरात्मक सोचबाट टाढा रहनुपर्दछ । नकरात्मक सोच र सुचनाले हामीलाई कमजोर बनाउँछ । यसर्थ सकरात्मक रोचाई राख्दै व्यक्तीगत सरसफाइ र सुरक्षामा ध्यान दिँदै हाम्रो देनिकीलाई व्यवस्थित गर्नुपर्दछ । दैनिक कसरत गर्ने, गित संिगतमा रमाउने, पारिवारिक बैठक बस्ने र छलफल गर्ने बानी बसाल्नु राम्रो हुन्छ । मानसिक अवस्था बिग्रिरहेको र आत्महत्या बढिरहेको कुरालाई पनि ध्यान दिदै हामीले आफ्ना व्यवहारहरु नियन्त्रण गर्ने र सकरात्मक सोचको विकासमा ध्यान दिऔं । 

जनस्वास्थ्य र प्रविधिलाई जोडेर जानु आवश्यक: रामहरी अधिकारी, जनस्वास्थ्यकर्मी, कर्णाली प्रदेश

अहिले प्रभावकारी काम गर्न सक्ने भनेको स्थानिय निकायले हो । स्थानिय निकाय बिचको सहकार्य र सञ्चारलाई बाजबुत बनाउनुपर्दछ । क्राइसिसको बेलामा स्वास्थ्यकर्मीलाई तालिम दिने र हौसला बढाउने काम गर्नुपर्दछ । अहिले कोरोनाको कारण अन्य बिरामीलाई अफ्ठेरो पर्ने अवस्था सृजना गर्नु हुँदैन । 

जनस्वास्थ्य र प्रविधिलाई जोडेर जानु आवश्यक छ । यो अवसरलाई सदुपयोग गर्दै तल्लो तहसम्म पनि सूचना प्रविधिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । यसैगरी आर्थिक र अन्य रुपमा परेको असरलाई कसरी व्यवस्थित गर्दै जाने भन्नेबारे सोच्नुपर्दछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप