सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

शुक्रबार, ०२ जेठ २०७७, ०७ : ५०
शुक्रबार, ०२ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । 

त्यस्तै, हाल देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 
 
यसैगरी, शुक्रबार दिउँसो देशको मध्य तथा पूर्वी  भूभागमा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ । 

त्यस्तै, दिउँसो पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा भने मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

राति, देशको पूर्वी  भूभागमा सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने र पूर्वी भूभागका तथा मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप