सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

आइतबार, ०४ जेठ २०७७, ०७ : ५४
आइतबार, ०४ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमान जारी गर्दै हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । 

महाशाखाका अनुसार हाल देशका पूर्वी भागमा आंशिक बदली र अन्य भागमा मौसम समान्यतया सफा रहेको छ ।  
 
यसैगरी, पूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो पूर्वी भागमा सामान्य बदली, मध्य र पश्चिमी पहाडी भागमा आंशिक बदली र बाँकी भागमा समान्यतया मौसम सफा हुनेछ । 

त्यस्तै, पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 
 
यस्तै, राति देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, पूर्वी भागका एकदुई स्थानमा भने मेघ गर्जन, चट्याङ, असिना, हावाहुरीसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ । 
 

 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप