अमेरिकन आइडलको फाइनलमा पुगे दिवेश पोखरेल
सोमबार, ०५ जेठ २०७७, ०७ : २९
नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल अर्थात् शीर्ष ५ मा पुगेका छन् ।
न्यूयोर्कको समय अनुसार बेलुका ७ बजेको कार्यक्रम सुरु भएलगत्तै अमेरिकन आइडलको शीर्ष पाँचको घोषणा गरिएको हो ।
दिवेशलाई अब अमेरिकन आइडल बन्नका लागि भोटिङको खाँचो छ । आजको भोटिङ रियल टाइम भोटिङ हो जुन सुरु भइसकेको छ ।
भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ । दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।