सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सोमबारको मौसम पूर्वानुमान

सोमबार, ०५ जेठ २०७७, ०८ : १४
सोमबार, ०५ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । 

महाशाखाले दिएको जानकारी अनुसार अहिले नेपालमा विभिन्न स्थानमा मौसम सामान्यतया सफा छ भने पहाडी भागका केही स्थानहरुमा भने आंशिक बदली भइरहेको छ । 
 
सोमबार दिउँसो पहाडी भागहरुमा आंशिक बदली हुने र अरु बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । भने अपरान्हपछि भने पहाडी भागमा एक वा दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ । 
 यसैगरी, राति देशको पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 
 
त्यस्तै, पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप