सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमानः  नेपालमा अम्पुन चक्रवातको प्रभाव, वर्षाको सम्भावना

मङ्गलबार, ०६ जेठ २०७७, ०७ : ५४
मङ्गलबार, ०६ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले नेपालमा बंगालको खाडीबाट आउँदै गरेको अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभाव पर्न सुरु भएको जनाएको छ । 

यसैगरी, महाशाखाले हाल नेपालमा स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । 

महाशाखाका अनुसार हाल नेपालका पूर्व र मध्यका केही भागमा आंशिक र सामान्य बदली भइरहेको छ भने पश्चिमी भूभागहरुका केही स्थानमा आंशिक बदली भइरहेको छ ।  

महाशाखाले मंगलबार जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशका पूर्व र मध्य भागमा आंशिक र सामान्य बदली हुनेछ । भने पश्चिमी भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ । यसैगरी, मध्य र पूर्वका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ । 

पूर्वानुमानका अनुसार राति देशको पूर्व र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी  भूभागका थोरै स्थानमा  मेघगर्जन  सहित  हल्का वर्षाको  सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप