सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा एकैदिन ४,९७० संक्रमित भेटिएसँगै संख्या १ लाख नाघ्यो

मङ्गलबार, ०६ जेठ २०७७, १० : ३९
मङ्गलबार, ०६ जेठ २०७७

भारतमा एकैदिन कोरोनाभाइरसका ४ हजार ९ सय ७० संक्रमित भेटिएका छन् भने १ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म यहाँ संक्रमितको संख्या १ लाख नाघेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

तीन महिना अघि भारतमा कोरोनाभाइरसको संक्रमण देखिएपछिको यो  सर्वाधिक संख्या हो ।

हिन्दुस्तान टाइम्सका अनुसार भारतमा कोभिड–१९ को संक्रमण ५० हजारबाट १ लाख पुग्न दुई हप्ताको समय लागेको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्दनले सोमबार भारतले लकडाउन लागू गर्दै स्वास्थ्य सेवाका सुरक्षित तरिका अपनाएका कारण संक्रमणको दरलाई कम गर्न सफल भएको बताएका छन् ।

‘भारतमा यो महामारीले ठूलो रुप लिने विभिन्न अनुमान गरिएका छन् । तर हालसम्म अनुमान गरिएको भन्दा निकै कम व्यक्ति संक्रमित भएका छन्,’ हर्षवर्दनले भने ।

 केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ५८ हजार ८ सय २ वटा एक्टिभ केस छ । यहाँ हालसम्म ३ हजार १ सय ६३ जनाको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप