मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हंशराज हुलासचन्द एण्ड कम्पनीको कैलाली टिकापुरमा नयाँ शोरुम

सोमबार, १९ भदौ २०७४, १८ : ५९
सोमबार, १९ भदौ २०७४

काठमाडौं – नेपालमा अटोमोबाइल ब्राण्ड मध्येको एक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो क्षेत्र विस्तार गर्दै पूर्ण सुविधा सहितको नयाँ शोरुम ‘जैमिनी आटोमोटीभ्स कम्पनी प्राइभेट लिमिटेड’ कैलालीको टिकापुरमा संचालनमा ल्याएको छ ।


उक्त कम्पनी बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । कम्पनीले आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको समेत जनाएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीको विस्वास छ । यसैको माध्यमबाट हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग बताइएको छ । 


नयाँ शोरुम शुभारम्भ भएको अवसरमाकम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको टिकापुरमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले टिकापुरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ ।’ देशभर ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान  गर्न प्रतिबद्ध रहेको उनले बताए । 
 
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप