आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा लकडाउनको ५६ औं दिन

मङ्गलबार, ०६ जेठ २०७७, १४ : ३७
मङ्गलबार, ०६ जेठ २०७७

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण फैलिने डर गरिएको लकडाउनका आज ५६ औं दिन पुगेको छ ।  कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा जारी  गरेको लकडाउनलाई मे ३१ सम्म लम्बाइएको छ  । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । 

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन  समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताएका छन् । चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ । 

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । भारतमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार १६३ जनाको मृत्यु भएको छ ।  संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेका आज बिहानसम्म प्राप्त समाचारमा जनाइएको छ  । 

यद्यपि, अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ । गृह मन्त्रालयद्धारा गत आइतबार साँझ जारी नयाँ दिग्दर्शनअनुसार संक्रमणको जोखिम हरेर क्षेत्र अधिकार प्रदेश तथा केन्द्र शासित राज्यहरुले क्षेत्र निर्धारण गर्न पाउनेछन् । यसअघि केन्द्र सरकारले नै त्यस्ता क्षेत्र निर्धारण गरेको थियो । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप