मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोका–कोलाको दशै– तिहार उत्सवमय मौषम शुरु

सोमबार, १९ भदौ २०७४, २० : २२
सोमबार, १९ भदौ २०७४

काठमाडौं – कोका–कोला नेपालले दशैं र तिहारको खुशीयाली साथमा मनाउन ‘मन खोलौं कोकसँग’ अभियान ल्याएको छ । अभियान यहि भदौ २०देखि शुरु भएर असोज ३० सम्म संचालन हुने कम्पनीले जनाएको छ । 

 कोका–कोलाले दैनिक जीवनमा विभिन्न ८ फरक सम्बन्ध दर्शाउने लोगोहरुका साथमा नयाँ प्याक ल्याएको छ, जसमा विभिन्न फरक सम्बन्धहरु दर्शाउने संदेशहरु लेखिएका छन् । यी लेबलहरु नेपालीमा लेखिएका छन कम्पनीका अनुसार  जसले यो उत्सवमय मौसममा हाम्रा सम्बन्धहरु र परिवारहरुलाई नजिक ल्याउँने विस्वास लिएको जनाएको कछ । 

प्याकहरुले उपभोक्ताहरुलाई आफ्ना मनपर्नेहरुलाई उपहार दिने अवसर सिर्जना गरेको समेत बताइएको छ ।  अभियानको नामले भने जस्तै, यो उत्सवमय मौसममा कोका–कोलाले सबै परिवारका सदस्यहरुलाई कोका–कोलाका साथमा आफ्ना भावनाहरु एकआपसमा दर्शाउन र नजिकपना ल्याउन उत्साहित गर्ने दावी गरेको छ । 
कोका–कोला नेपालका देशिय निर्देशक अम्बुज सिँहका अनुसार  ‘दशैं, आशिर्वाद दिने र सँगसँगै मनाउने उत्सव भएको बताए । ‘कोकाकोलाले उपभोक्ताका साथीहरु र परिवारहरुलाई जोड्न सहयोग गर्दछ, उनले भने । ‘हामी यो वर्ष, तपाईँको परिवारमा भएका निकै आत्मिय सम्बन्धहरुलाई ‘परिवार’सहित ८ यूनिक लेबलका साथमा खुशीयाली बाँड्दै छौं ।

यसले हामी प्रत्येकको जिवनलाई प्रभावित गर्ने विशेष सम्बन्धहरुलाई सम्मान गर्न सहयोग गर्दछ । हामी आशा गर्दछौं, हाम्रा उपभोक्ताहरुले आफ्ना मनपर्ने व्यक्तिहरुलाई विशेष संदेश भएको कोका–कोला उपहारको रुपमा प्रदान गर्नेछन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप