कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो !
बुधबार, ०७ जेठ २०७७, १९ : १६
संसारभरि नै कोरोना संक्रमितको संख्याले ५० लाख नाघेको छ । अहिलेसम्मको तथ्यांकअनुसार ५० लाख १५ हजार ७४२ जना संक्रमित भइसकेका छन् । यही संक्रमणका कारण ३ लाख २५ हजार ५०९ जनाको मृत्यु भइसकेको छ ।
त्यसो त संक्रमितहरुमध्ये १९ लाख ७९ हजार २२३ जना निको पनि भइसकेका छन् ।
बाँकी संक्रमितहरुमध्ये २६ लाख ६५ हजार ५३४ जनाको अवस्था मध्यमखालकाे छ भने ४५ हजार ४६७६ जनाको अवस्था चाहिँ गम्भीर र जटील छ ।