आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुसमा कोरोनाबाट ३ लाख सङ्क्रमित, करिब ३ हजारको मृत्यु

बुधबार, ०७ जेठ २०७७, २२ : २३
बुधबार, ०७ जेठ २०७७

एजेन्सी । विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीन लाख पुगेको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै आठ हजार ५०० नयाँ सङ्क्रमित थपिएका छन् । 

त्यसैगरी मृत्यु हुनेको संख्या २ हजार ९७२ रहेको  पुगेको छ ।  एकै दिनमा १३५ जनाको मृत्यु भएपछि  कोरोना भाइरसबाट मृत्य हुने व्यक्तिको संख्या लगभग ३ हजार पुगेको अधिकारीहरुले जनाएका छन् । देशको राष्ट्रिय कोरोनाभाइरस नियन्त्रण केन्द्रले विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै बुधबार चिन्ता व्यक्त गरेको छ । 

विश्वमै धेरै सङ्क्रमितहरु रहेको मध्ये दोस्रोमा रुस परेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार धेरै सङ्क्रमितहरु रहेका देशहरुको सूचीमा सवैभन्दा अगाडी अमेरिका रहेको छ । 

अमेरिकामा अहिलेसम्म १४ लाखभन्दा बढी नागरिक कोरनोभाइरसबाट सङ्क्रमित भइसकेका छन् । ती मध्ये आठ हजार ७६४ जना त पछिल्लो २४ घण्टामा थपिएका छन् । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप