आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अधिकृतको कमाइ २६ करोड !

बिहीबार, ०८ जेठ २०७७, ०७ : १०
बिहीबार, ०८ जेठ २०७७

काठमाडौं – खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । 

आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने क्रममा उनले आर्जन गरेको  २६ करोड ६० लाख ६९ हजारमध्ये १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको खुलेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप