सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुई महिला र एक पुरुष मृत अवस्थामा फेला

शुक्रबार, ०९ जेठ २०७७, १२ : २९
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौं – रौतहट, गढीमाई नगरपालिका–३ मुस्लीम टोल बस्ने २५ वर्षीया निसनार चुरीहार आफ्नै घरको कोठामा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।

ओखलढुङगा, सिद्धिचरण नगरपालिका–७ दोल्पु बस्ने ४५ वर्षीय पासाङ फुरी शेर्पा सोही ठाउँस्थित खर पाखामा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, चन्द्रनगर गाउँपालिका–४ र ६ को सिमानामा पर्ने कटही खोलाको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीया महिला बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप