सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा श्रीमानले कन्चटमा हाने गोली, टाउको छेडेर गर्भवती श्रीमतीलाई समेत लाग्यो

आइतबार, ११ जेठ २०७७, ११ : ५१
आइतबार, ११ जेठ २०७७

भारतको गुरुग्राममा एक व्यक्तिले आपसी झगडापछि आफ्नो कन्चटमा आफैंले गोली हानेका छन् । गोली अर्को कन्चटबाट निस्किएर उनकी श्रीमतीलाई समेत लाग्यो । घटना शुक्रबारको हो ।

दुर्घटनाका बेला यी दुई एक कारमा थिए । महिला आफ्नो श्रीमान् नजिकै बसेकी थिइन् ।  गोली महिलाको गर्धनमा लागेको छ ।

३४ वर्षका यी व्यक्तिको दिल्लीको सफदरजंग अस्पतालमा आइसियुमा उपचार भइरहेको छ जबकी उनकी ७ महिनाकी गर्भवती श्रीमती खतरामुक्त भएको भारतीय सञ्चार माध्यमले बताएको छ ।

पुलिसका अनुसार घटनाको अनुसन्धान चलिरहेको छ । प्रहरीका अनुसार महिलाका श्रीमान् हालै बेरोजगार भएका थिए जसका कारण उनीहरुबीच विवाद भएको थियो ।

प्रहरीलाई विश्वास गर्ने हो भने श्रीमान् बेरोजगार भएका कारण श्रीमतीसँग विवाद भएको थियो । पुलिसलाई दिएको बयानमा महिलाले यसबारे बताएकी हुन् । मानेसरका डिसीपी दिपक शरणले भने, ‘गोली व्यक्तिको टाउकोको एका तिरबाट अर्को तिरबाट निस्किएर महिलाको गर्धनमा लाग्यो । घटनामा एफआईआर दर्ता गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप